धनगढी– कैलालीको भजनीमा अविरल वर्षापछि बाढीमा बगेर बेपत्ता भएका तीनजना मध्ये एक जनाको शव फेला परेको छ। बुधबार बेपत्ता भएका तीन जना मध्ये बिहीबार एक जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढीमा बगेर बेपत्ता भएका भजनी नगरपालिका वडा नं. ८ जनकपुर गाउँका ९ वर्षीय इजीकेल चौधरी मृत अवस्थामा फेला परेका हुन्।
यस्तै वडा नम्बर ८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह भने अझै बेपत्ता रहेका छन्। कैलालीका प्रहरी उपरीक्षक अुनपम शमशेर जबराले अन्य बेपत्ताको खोजी कार्य भइरहेको बताए।
उनले बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्दार गर्न सफल भएको जानकारी दिए।