चितवन । पछिल्लो समय विवादित बनेपछि चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन (प्रमुख) नारायण रुपाखेती बिभाग तानिएका छन । साउन १४ गते बुधबार उनी विभाग तानिएका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले रुपाखेतीको ठाउँमा प्रमुख भई अणनाथ बराल आउने जानकारी दिए ।
बराल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख हुन् । केही वर्ष अघि उनी चितवन निकुञ्जकै सहायक वार्डेन थिए ।
३ दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा भएका रुपाखेतीको आलोचना भएको थियो । साउन १ गते निकुञ्जको लिगलिगे पोष्टका सेनाको कुटपिटबाट राप्ती २ का २४ वर्षीय राजकुमार चेपाङको उपचारको क्रममा साउन ७ गते निधन भएको आरोप छ । घटनामा अन्य ४ जना युवामाथि कुटपीट भएको थियो ।
त्यस्तै साउन ३ गते माडी स्थित कुसुमखोलामा रहेका चेपाङको २ घरमा निकुञ्जले आगजनी र हात्ती लगाएर भत्काउने काम भएको थियो । यस घटनाको संसदीय समितिमा पनि छलफल भइरहेको छ । जनता, जनप्रतिनिधि, सांसदहरुले विरोध गरेका छन् ।