चितवन । राप्ती नगरपालिकाको भण्डारामा बसको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बिहिबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुन कुमार थापाको मृत्यु भएको हो । भण्डाराबाट कार्यालय जाने क्रममा बा ३ ख १५४७ नम्बरको बसले थापा सवार प्रदेश ३-०३-००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।