काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता थिए ।
उनको शव मकवानपुरको मान्डी हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।
सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । उनी वाग्मती नदीमा लडेर खोलाले बगाएर मकवानपुर पुर्याएको हुन सक्ने प्रहरी भनाइ छ । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ ।