काठमाडौँ – नेपाली संगीत क्षेत्रका चर्चित गायक गायक प्रमोद खरेल तीजको ब्रत बसेका छन्। उनले आफू तीजको ब्रत बसेको जानकारी ट्विटमार्फत दिएका हुन् ।
यो वर्ष श्रीमतीले ब्रत बस्न नसक्ने हुँदा आफूले ब्रत बस्ने निर्णय लिएको बताएका छन्। ‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्, तर उनी बिराम भएको तीन महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिँनन् । यसपाली म उनको लागि किन नबस्ने? यसपाली मैले उनको लागि ब्रत बस्दैछु ’, खरेलले भनेका छन्।
खरेल दम्पतिलाई दोस्रो सन्तानका रुपमा पुत्रीलाभका क्रममा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । खरेलकी श्रीमती दीपा अहिले स्वास्थ्यलाभ गरिरहेकी छन्।
श्रीमती ले आजको दिन सधै श्रीमान को लामो आयुको लागि व्रत बस्छन्,
तर उनी बिराम भएको ३ महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिनन,यसपाली म उनको लागि किन नबस्ने ???
यसपाली मैले उनको लागि व्रत बस्दैछु…— Pramod Kharel (@kharel777) August 21, 2020