सशान कंडेल द्वारा निर्देशित ‘बिहानी ‘ बोलको सांगीतिक चलचित्र सार्वजनिक भएको छ । केहि समय आगाडी सामाजिक संजालमा एकाएक भाईरल भएका रिक्सा चालक अर्जुन बि.क. को आफ्नै कथा ‘बिहानी’समाबेश गरिएको छ । निकै नै मार्मिक तरिकाले बनाइएको यस सांगीतिक चलचित्रमा निर्देशक कंडेलले अर्जुनको वास्तविक कथालाई उतार्न सफल भएका छ। सांगीतिक चलचित्रमा निर्स्देशक तथा गायक सशान कंडेलको स्वर, कथा, संवाद तथा निर्देशन रहेको छ ।
सांगीतिक चलचित्रमा महेश ज्ञवालीको शब्द तथा संगीत र गायक तथा संगीतकार बिनय कार्कीको संगीत संयोजन तथा ब्यागग्राउनड रहेको छ । सांगीतिक चलचित्रमा ,अर्जुन बि.क., रक्षा बस्नेत,र बाल कलाकार विकास बिक को अभिनयलाई देख्न र हेर्न सकिन्छ । अहिले सांगीतिक चलचित्रले दर्शन तथा श्रोता को मन जिती रहेको छ ।
भिडियो हेर्नुहोस :