गायक दिपेन्द्र थिङको “कसम तिमीलाई”सार्वजनिक भएको छ । गीत ओएसआर युट्युव च्यानलबाट हालै सार्वजनिक भएको हो । उक्त गीतमा शब्द संगीत तथा अरेन्जमेन्ट गायक थिङले नै गरेका हुन् । कोरोना संक्रमणको बेला मानिसमा भइरहेको मानसीक तनाव दुर गर्नको लागी यस गीतलाई सार्वजनिक गरीएको गायक थिङले बताए । गीत रमाईलो तथा उर्जा दिने किसीमको भएकोले श्रोता दर्शकले मन मन पराउनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । यस्तै गीतको अडियो मिक्स मास्टर बिनय कार्कीले गरेका हुन् । यस गीतको भिडीयोमा विवेक तामाङ र सुष्मीता खड्काको अभिनय देख्न सकिन्छ । उक्त गीतको भिडियो छायाँकन दिपक बिरुले गरेका छन् भने सम्पादन अमृत चापाँगाइले गरेका हुन । निर्देशन भने गौरव गिरीले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।