राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित सरिखेत नजिक झिल्किनी भन्ने ठाउँमा बोलेरो जीप दूर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरको मनहरी बजारबाट पसलको सामानका साथै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग १ च ७१७५ नम्बरको जीप सडकबाट करिब ४० फिट तल खस्दा स्थानीय १४ वर्षीय अनुप वाइबा र १३ वर्षीय रिजन तितुङको घटनास्थलमै मृत्यु भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पुष्टी गरे । दूर्घटनामा सोही ठाउँका २७ वर्षीय सुरज शाही गम्भीर घाइते भएका छन्, । उनलाई उपचारको लागि भरतपुर पठाइएको अध्यक्ष मल्लले बताए । जीपमा चालकसहित ७ जना सवार रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको छ ।