काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमण नेपालमा थप २ हजार ५९ जनामा पुष्टि भएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको बताए ।
यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।