काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। राजधानीको गोकर्ण रिसोर्टमा श्वेता र विजयन्द्र सिंह रावतको सोमबार विवाह सम्पन्न भएको छ।
सिमित साथीभाई र आफन्तमाझ श्वेता र विजयन्द्रले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन। श्वेताको यो दोस्रो विवाह हो।
श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन्। उनी घरका कान्छा छोरा हुन्। उनको घरमा आमा बुवा सहित एक दाजु छन्।
व्यापारिक घरनाका विजयन्द्र र नायिका श्वेता गत एक वर्षदेखि प्रेम सम्बन्ध थिए।
दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन्। विजयन्द्र पढाई सकेर व्यवसाय सुरु गर्ने योजनामा छन्।
बिवाह पछि स्वेताले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्, ‘अनत्वगोत्वा ः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ ।
‘ मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।
मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । उनले थप लेख्दै भनेकी छन्, शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पु¥याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ ।
मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु ।
उनले अघि लेखेकी छन्, आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म लागी पर्नेछु । अत ः मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझाव का साथै शुभ आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।