काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई दुर्घटना गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड(माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने र राजनीति समाप्त हुने दाबी गरे ।
उनले भने‚ ‘केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने, मलाई लाग्छ त्यस्तै हो। उनी गोटी भएको हो । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन् । नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ । अनि उनैले श्री ३ महाराज हुन्छु भनेर सपना देखेर हुनेवाला हो र आजको नेपालमा ?
उनले पार्टीमा बहुमत रहेकै अवस्थामा संसद विघटन गरेर चुनाव गराउन खोज्नेको राजनीति पत्तासाफ हुने उनले बताए।
‘यो चुनाव गराउनका लागि घोषणा भएको होइन, हुँदाखादाको बहुमत छोडेर कसैले चुनाव गराउँछ?’’
अध्यक्ष प्रचण्डले वैशाखमा चुनाव नहुने र मंसिरमा भए पनि त्यसले गलत नजिर बसाल्ने बताए। उनले अर्को प्रधानमनत्रीले पनि संसद विघटन गर्न सक्नेतर्फ सचेत पनि गराए ।