दोभान । ताप्लेजुङ जिल्लाको दोभानमा आगलागी भएको छ ।
विहान ९ बजेदेखि आगलागी शुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार स्थानीय भोलानाथ पौडेलको घरबाट शुरु भएको आगो बजारका अन्य घरमा पनि फैलिएको छ ।
हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आईएमई बैंक भएको घरसहित ३० वटा घर जलेर नष्ट भइसकेका स्थानीयले जानकारी दिएका छन् ।
आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ । दमकललाई खबर गरे पनि अहिले सम्म दमकल आइनपुगेको स्थानीयको भनाइ छ ।
तस्वीर– प्रतिकात्मक