काठमाडौँ – नेपाली कलाकार , विश्व किर्तिमान समेत बनाइसकेका गायक मनिश श्रेष्ठले बलिउडका सुपर स्टार गायिका सोनु कक्कड र नेहा कक्कड संग सहकार्य गरेका छन् । मनिश श्रेष्ठको आवाजमा अति नै आशा लाग्दो ” शनिबार को दिन ” बोलको गित हिन्दी भर्जन र नेपाली भर्जनमा रेकर्डिङ भएको मुम्बईबाट गायक श्रेष्ठले जानकारी दिएको हो । नेपाली भर्जनमा चर्चित गायिका सोनु कक्कडले उक्त गित गाइसकेकी छिन भने अब हिन्दी भर्जनमा नेहा ककरले गाउने भएकी छिन । साथै कलिउड र बलिउडकै चर्चित अनुहार हरु भिडियोमा देखन पाईने छ ।
नेपाली चर्चित युटुब च्यानल ईनाक्छी एन्टरटेन्मेन्ट को ब्यानरमा बन्न लागेको यो गित र भिडियोको अहिले चौतर्फी चर्चा हुन थालेको छ । बलिउड्का सोनु कक्कडले पनि उक्त गितको तरिफ गरिसकेकी छन ।
दिपक सपकोटाको सब्द रचनामा बनेको उक्त गितको एरेन्ज जीवन बडुले गरेका छन भने स्वयम मनिश श्रेष्ठको संगीत रहेको छ ।बिग परिवेश रेकर्डिङ स्टुडियो काठमाडौ तथा भारत मुम्बईका प्रोप्राइटर भुवन बडुको सहयोगले उक्त टिम मुम्बई पुगेको हो ।