बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीको मेलौली नगरपालिका ३ ढडौनका लक्ष्मण चन्दको मृत्यु भएको छ ।
घाटीमा गोली लागि उपचारका लागि काठ्माण्डौ लगिएकोमा त्यहाँ पनि उपचार हुन नसक्ने भन्दै घर पठाइदिएपछि घर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको आफन्त मोहन चन्दले जानकारी दिनुभयो ।
गत शुक्रबार राती गोली लागेर घाइते भएका चन्दलाई उपचारका लागि कोहलपुर लगिएको थियो । कोहलपुरमा उपचार हनु नसकेपछि काठमाण्डौ लागिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद अधिकारीका अनुसार आफैले बन्दुक चलाएर घाइते भएको जनाएको छ । “प्रहरीको अनुसन्धानले आफैले आफैलाई गोली हानेको ठहर गरेको छ, डिएसपी अधिकारीले भन्नुभयो, कस्को बन्दुक हो भन्ने बारे खुलेको छैन, हामि अनुसन्धानमै छौँ” ।