राप्ती । अखिल नेपाल महिला संघको राप्ती नगरकमिटि घोषणा गरिएको छ । एमाले नेतृ सुनिता सिलवालको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटि घोषणा गरिएको हो । संघको उपाध्यक्षमा विष्णुमाया उप्रेती, पवित्रा पाठक , सचिवमा अप्सरा वर्तौला, सहसचिवमा जेनी चौधरी , कोषाध्यक्षमा अम्वीका लामा चयन भएका छन् । शनिबार भण्डारमा युवा तथा कार्यकर्ता भेलाको आयोजना गरि युवा तथा महिला संगठन घोषणा गरिएको हो ।
युवा तथा कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्री ले सम्बोधन गरेकी थिइन् । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल, प्रदेश सदस्य बाबुराम पाठक, अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा, युवा संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुवास सिलवाललगायतले बोलेका थिए । कार्यक्रम युवा संघका केन्द्रीय सदस्य शमसेर लामाको अध्यक्षतामा भएको थियो ।