काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख छ ।