काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भेटिएको विद्यालयहरु एक साता बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिका प्रमुखस्तरको बैशाख २ गते बसेको बैठकले उक्त निणर्य गरेको हो।
त्यस अनुसार महानगरपालिका भित्रका कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालयहरु अर्को सूचना नभएसम्मको लागि कम्तीमा एक साता बन्द गर्ने निर्णय गरिएको हो।
त्यस अवधिमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्नरगराउन र त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुनेर स्यानिटाइजरको प्रयोग गर्ने लगायतको स्वास्थ्य मापदण्ड पालना गर्न महानगरले आग्रह गरेको छ।
पछिल्लो समय कोरोना संक्रमितको दर पुनः बढ्दै गएपछि महानगरले उक्त निर्देशन दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बिहीबार एक विज्ञप्ती जारी गरी सबै नागरिकहरुमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बनेर जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना गर्न अपिल गरेको थियो।