काठमाडाैं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।
शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। पोखरेलले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
पृथ्वी सुब्बा गुरुङले पनि राजमोका पदमुक्त सांसद कृष्ण थापा र जसपाका महन्थ ठाकुर पक्षको प्रदेश समितिको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, प्रदेश प्रमुख पौडेलले त्यसलाई अस्वीकार गर्दै पोखरेललाई नियुक्त गरेकी हुन्।