बैतडी । आज बिहीबार बिहान बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा ८जना घाइते भएका छन् ।
महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
बस बिहान करिब ६ बजे दुर्घटनामा परेको हो । बस सडकबाट ५ मिटर तल खसेको छ । चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।