“मिलेन लेबल तेरो बाउ बोला ए” यो र्यापको पन्चलाईन अहिले नसुन्ने कमै होलान् । त्यो संगै “खाए त गाजा आफ्नै बाउको खाए” पनि धेरैले सुन्नुभएको होला । यी शब्दहरु हुन् नयाँ पुस्ताका उदाउदा र्यापर “जी–बब” भनिने “सुदिप भण्डारी”को । ब्ल्त्ँ एएनटिएफ अर्थात् “अल नेपाल थग्स फेमिली”ले हाल सञ्चान गरिरहेको र्याप व्याटलमा गोदावरीका “जी–बब”ले उक्त र्याप हानेर चर्चामा आएका छन् । तर हालै सामाजिक सञ्जालहरुमा उनी आफ्नो र्यापमा भनेको झै, लागुपदार्थ सेवन गरी बेहोस अवस्थामा भेटिएका थिए ।
हुन त र्यापरहरुले लागुपदार्थ सेवन गर्ने, आफ्ना गीतसंगितमा अस्लिल शब्द प्रयोग गर्ने, अरुको व्यक्तिगत चरित्रमाथि ठेस लाग्ने गरी शब्द प्रयोग गर्नेगरेको नौलो कुरा होईन । नेपालका चर्चित र्यापपर लाहुरे लागुऔषधको सेवन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका थिए । यता अर्का चर्चित र्यापपर भिटेनलाई पनि उनका गीतमा अस्लिलता मिसिएको भन्दै प्रहरीले पटक पटक पक्राउ गरेको थियो ।
यी घटनासँगै र्याप गीत र व्याटलहरुमा प्रायः आफ्नो प्रतिद्वन्दीलाई होच्याउन, अनेकौ गाली, फोहोर तथा अश्लिल शब्दको प्रयोग गरिनु जस्ता क्रियाकलापहरुले पनि र्याप गीतसंगीतको आलोचना भईरहेको पाईन्छ ।
र्याप गीतले समाजमा पारेको नकारात्मक प्रभाव
युवा पुस्तामा लोकप्रिय र्याप गीतले धुम्रपान, मध्यपान जस्ता लागुपदार्थ सेवन गर्न प्रोत्साहन गर्ने कुरालाई एउटा फेसनको रुपमा दर्शक स्रोतामाझ प्रस्तुत गरेको पाईन्छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष असर उक्त गीत संगीत हेर्ने सुन्ने लाई पर्छ । ¥याप गीतमा प्रस्तुत हुने जस्तै गाँजा तान्ने, झ्याप हुने, गोटी खाने, चिल हुने जस्ता थुर्पै शब्दहरुको किशोरकिशोरीहरुले सिको गरिरहेको पाइन्छ । उनीहरुको कलिलो मस्तीस्कमा लागुपदार्थको सेवन र दुव्र्यसन एउटा फेसन हो भन्ने छाप परेको केही मनोविदहरु बताउछन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक विष्णु कुमार के.सी.ले कुनैपनि गीत रचना सामाजिक सद्भावमा खलल नपार्ने र कसैको व्यक्तिगत चरित्रमा चोट नलाग्ने, अस्लिलता नभएको र भ्रामक सन्देश नदिने प्रकारका हुनुपर्ने बताउनुभयो । तर त्यो विपरित भएमा कानुनी कारवाहीमा पर्न सक्ने उहाँले बताउनुभयो ।
लागुपदार्थ सेवन र दुव्र्यसनलाई गीत संगीतमा प्रस्तुत गरिनु, पटक पटक विभिन्न अपराधमा ¥यापरहरु जेल जानु जस्ता घटनाले समाजमा सकारात्मक सन्देश पक्कै पनि दिएको छैन् । हाल प्रचलनमा आएका ¥याप गीतहरुले लागुपदार्थ दुव्र्यसन, अश्लिलता, कानुनका उल्लंघन जस्ता पक्षलाई जोड दिएको पाइन्छ । जसको सिको नयाँ पुस्ताले गरिरहेका छन । जसले समाजमा विकृती र अपराध निम्त्याउन टेवा पुर्याईरहेको छ ।
तर नेपालका अर्का चर्चित र्यापर बालेन शाहले भने “नेपहप” आफैमा गलत नभएको तर यहाँ भित्रका केही मानिस गलत भएको बताउछन् । अन्य जर्नका गीतहरुमा पनि तिनपानी, मातिएको बेला, पिलायो साथीले जस्ता शब्द भएका गीतहरुमा पनि लागुपदार्थको बारेमा चर्चा गरिएकोले दुव्र्यसनिको दोस नेपहपलाई मात्र दिनु गलत भएको उनी बताउछन् । नेपहपमा समाजमा सकारात्मक सन्देश दिने खालका गितहरु पनि भएको बालेन जोड दिन्छन् । साथै उनले जोड्दै जो कोहीलाई पनि फ्रिडम अफ स्पीच अर्थात वाक्य स्वतन्त्रता हुनुपर्ने बताए ।
वास्तवमा र्याप के हो ?
र्याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ अर्थात कथा भन्ने शैलीसँग जोडिएको छ । यसमा ¥यापरले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रास युक्त तर बोलीचालीको भाषा गाउँछन् ।
र्यापको उत्पति पश्चिम अफ्रिकाबाट भएको हो । सन् १९६० को दशकमा अमेरिकामा र्याप संगीत, विशेष गरी कालो जातिका समुदायमा लोकप्रिय बन्दै गएको पाइन्छ । ६० र ७० को दशकमा कालो जातिका मानिसहरुमाथि छालाको रंगकै आधारमा विभेद र अमानवीय व्यवहार भयो भन्दै त्यसका विरुद्धको अभियानमा कालो जातिका समुदायहरुले आफ्नो विरोधका स्वरहरु सुरुमा र्याप मार्फत प्रस्तुत गरेको पाइन्छ । यसैले र्याप संगीतलाई रंगभेद विरोधी आन्दोलनको सारथीका रुपमा पनि लिइन्छ ।
आफुमाथि भएको अन्याय र अमानविय व्यवहारको विरुद्धमा काला जातिका समुदायले र्याप संगीत शिष्टताका साथ आफ्नो आन्दोलनमा प्रयोग गरिनु र्याप संगीतको वास्तविक मर्म हो । हाल यस संगीतको गलत व्याख्या र दुरुपयोग भएको कतिपय संगीत विज्ञहरुको भनाई रहेको छ ।