नवलपरासी । पूर्वी नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ बोहुना खोलामा रहेको देवचुली ३ निवासी लीलाप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुरको निधन भएको हो ।
क्रसरभित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० वर्षीया निर्मलाकुमारी महतलाई जेसिभी पार्किङ्ग गर्ने क्रममा ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा बिहीबारे साँझ ७ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ । ठक्कर दिने चालक देवचुली ४ निवासी १९ वर्षीय मनबहादुर नेपाली फरार रहे पनि पछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।