काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्। र, आज थप १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ।