काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी कार्यसूचीमा परेको छैन।
संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७र०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ।