काठमाडौं । हालका दिनमा केही समूहबाट आन्दोलनका नाममा सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्रालयले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो ।