अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन्।
केही दिन अघिदेखि नै एमालेमा जाने चर्चा चलेकी करिश्मालाई मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।
अभिनेत्री करिश्माले नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्।