समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले ललितपुरको हरिसिद्धीमा केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् । अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ ।
सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ ।