कोलम्बो । श्रीलंकामा प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
इन्धन र अत्यावश्यक खाद्यान्नको मूल्यवृद्धिको विरोधमा मंगलबार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । मध्य श्रीलंकाली सहर रामबुक्कानामा प्रहरीले गोली चलाएको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको छ ।
प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न ‘न्यूनतम बल’ प्रयोग गरेको जनाएको छ । तर, धेरैले किन ‘लाइभ बुलेट’ प्रयोग गरियो भनेर सोधेका छन् । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघको प्रतिनिधिसँगसँगै अमेरिका र ईयूका दूतहरूले पनि यस घटनाको निन्दा गरेका छन् ।