काठमाडौं । मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ– पोखरा सडकखण्ड दैनिक पाँचघण्टा बन्द गरिने जनाएको छ ।
याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक खन्ने तयारी गरिएको छ ।
सो समयमा आवागमन बन्द गरिने सडक योजना तनहुँको सूचनामा उल्लेख छ । सूचनामा त्योभन्दा अघि वा पछि मात्रै उक्त सडक वारपार गरिदिनुहुन अनुरोध गरिएको छ ।