गोविन्द विश्वकर्मा, सामाजिक एकता पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । रिपोर्टर्स क्लबमा आज ९मंगलबार० एक विशेष कार्यक्रमका बिच सामाजिक एकता पार्टीका अध्यक्ष सी।बी। गहतराजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आसन्न संघ र प्रदेशको निर्वाचनमा “गिटार” चुनाव चिन्ह अघि सारेका पार्टीले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति तथा कार्यक्रम विभाग प्रमुख रोशन खतिवडाद्धारा उक्त नीति तथा कार्यक्रम वाचन गरेर सुनाइएको थियो ।
नीति तथा कार्यक्रममा विशेषगरी समाजमा रहेका अल्पसंख्यक, सिमान्तकृत वर्ग, महिला, बालबालिका, शोषित, पिडित समुदायको हक हित सम्बर्धन गर्ने र सामाजिक न्यायका पक्षमा उभिने जनाइएको छ । सामाजिक न्यायका लागि निरन्तर लागि रहने र सबैखाले विभेदको अन्त्यको पक्षमा पार्टी प्रतिवद्ध रहने नीति तथा कार्यक्रममा जनाइएको छ ।
सामाजिक न्याय सहितको उन्नत लोकतन्त्रलाई पार्टीले आफ्नो मुल नारा बनाएको छ । हरेक नागरिकको जीउधन सुरक्षा, उसको स्वतन्त्रता र खुशीलाई पहिलो प्राथमिकता दिइने, सबै प्रकारका असमानताको अन्त्य गरी लोककल्याणकारी राज्यको अवधारणा अनुरुप काम गर्ने, संघियता, लोकतन्त्र, गणतन्त्र, मानव अधिकार र मौलिक हकको प्रत्याभूति, धर्मनिरपेक्षता, पूर्ण धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, शान्तिपूर्ण सहअस्तित्व, सहमति सहकार्य र एकता आदिमा पार्टी प्रतिबद्ध रहने लगायतका सामाजिक एकता पार्टीको नीतिमा उल्लेख छ ।
त्यसका साथै, पार्टीले राष्ट्रियताका सवालमा उग्र राष्ट्रवाद भन्दापनि साँचो देशभक्तिलाई जोड दिएको छ । अन्तराष्ट्रिय सम्बन्ध र सहकार्यको दृष्टिकोणमा पनि पार्टी केही लचिलो देखिएको छ । पार्टीले अन्तराष्ट्रिय दातृ राष्ट्र तथा निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्ने, भारत र चिन जस्ता छिमेकी देशहरुसँग सम्बन्ध बलियो बनाउँदै भारतसँग सिमा विवाद अन्त्य गरी आफ्नो भुमि फिर्ता ल्याउने दार्त देशसँग मानविय, भौतिक र आर्थिक सहयोग लिएर देश विकास गरिने नीति तथा कार्यक्रमले बताएको छ ।
सामाजिक एकता पार्टीले नेपालको संविधान २०७२ लाई आलोचनात्मक समर्थन गरेको छ । विशेषगरी धारा ४ मा समाजवाद उन्मुख राष्ट्र र धर्मनिरपेक्षतामाथिको उल्लेख्य स्पष्टिकरण प्रति पार्टीको असहमती रहेको पाइन्छ । संविधानको धारा २५ मा नागरिकको सम्पत्तीमा लगाइने प्रगतिशील आयकरको विषयमा पनि पार्टीको असहमति रहेको पाइन्छ । निर्वाचन प्रणालीमा पनि पार्टीको गम्भिर असहमति रहेको र संविधानमा पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली जसले अल्पमतले बहुमतमाथि शासन गर्ने व्यवस्था गरेकोप्रति पनि पार्टीको असहमति रहेको छ । जसका कारण नेपालको संविधान परिमार्जन गरिनुपर्छ भनेर सामाजिक एकता पार्टीले आलोचनात्मक समर्थन गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
पार्टीको नीति तथा कार्यक्रममा नेपाल सरकारका बारेमा कटाक्ष प्रहार गरिएको छ । खासगरी नेपाल सरकार भ्रष्ट, गैरजिम्मेवार, कार्यपालीका र प्रशासन अत्यन्तै पुरातनशैलीमा रहेको जसलाई सुधार्न सामाजिक एकता पार्टीको आवश्यकता रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । निर्वाचन प्रणालीमा सुधार ल्याई डिजिटल भोट हाल्ने व्यवस्था गर्नेगरी डिजिटल सरकारको अवधारण उक्त पार्टीले ल्याएको छ ।
पार्टीको अर्थनीति अन्तरगत उत्पादन र बजारसँग जोडिने र रोजगारी सृजना गर्ने सवालमा पार्टीले खुल्ला बजार र प्रतिस्पर्धामा आधारित पूँजीवादी अर्थनीति अवलम्बन गरेको कारण नीजि क्षेत्रलाई स्वतन्त्र रुपमा व्यापार व्यावसाय गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउँदै लान सहकार्य सहयोग गर्ने नीति पार्टीको रहेको छ ।
समग्रमा पार्टीले सबैकिसिमका असमानता र विभेदको अन्त्य गर्न कल्याणकारी सकारको स्थापना गर्ने पार्टीको अधिकतम लक्ष्य रहने नीति तथा कार्यक्रममा उल्लेख रहेको नीति तथा कार्यक्रम प्रमुख तथा वरिष्ठ उपाध्यक्ष रोशन खतिवडाले जानकारी दिएका थिए ।
रिपोर्टर्स क्लबमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पार्टीका महासचिव विदूर अधिकार अधिकारीले गरेका थिए । कार्यक्रममा सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष प्रेम कार्की, प्रवक्ता मुरारी प्रसाद पाण्डे, उपाध्यक्ष अष्ट कुमारी लामा, तुलसी प्रसाद श्रेष्ठ, उपाध्यक्ष ख्रीष्टभक्त महर्जन, देवीलाल प्रसाईँ, उपमहासचिव शैलेस दियाल, सुभास न्यौपाने, कोषाध्यक्ष डिल्ली बहादुर तामाङ, सहकोषाध्यक्ष विनय लामा लगायत, पत्रकार र आम सर्बसाधारणहरुको उपस्थिति रहेको थियो ।