१५ माघ २०७९, आईतवार /
Sunday, January 29, 2023
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home समाचार

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र उपचारबारे कानुनमन्त्रीद्वारा राजनीतिक दलहरूबाट सुझाव संकलन

ऐनापाटी by ऐनापाटी
३ बर्ष अगाडि
in समाचार
0
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र उपचारबारे कानुनमन्त्रीद्वारा राजनीतिक दलहरूबाट सुझाव संकलन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र उपचारबारे संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट सुझाव लिएकी छन् ।

राजनीतिक दलबाट प्राप्त सुझावलाई मन्त्री तुम्बाहाङ्फेले नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिन् । चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा रहेका विभिन्न राजनीतिक दलहरूसँग समन्वय गर्ने जिम्मा कानुनमन्त्रीलाई दिएको थियो ।

राजनीतिक दलका नेताहरूले कोरोना रोकथामका लागि छुट्टै राजनीतिक संयन्त्र आवश्यक नभएको बताएको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् । “जननिर्वाचित संसद रहेको अवस्थामा छुट्टै संयन्त्र आवश्यक छैन भन्ने राजनीतिक दलहरूको सुझाव रह्यो,” उनले भनिन् ।

राजनीतिक दलका नेताहरूले स्वास्थ्य सामग्री छिटो प्रक्रिया पु¥याएर ल्याउने र सम्बन्धित निकायमा वितरण गर्ने, तथ्यांक संकलन तथ्यगत रुपमा संकलन गर्नुपर्ने, राहत वितरण व्यवस्थित गर्नुपर्ने, तीनै तहको प्रशासन संयन्त्रलाई सक्रिय बनाउनुपर्ने सुझाव दिएका छन् ।

यसैगरी सीमापारि भारततर्फ क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई १४ दिन पछि नेपालमा ल्याई पुनः क्वारेन्टाइनमा राख्ने वा तत्काल नेपालतर्फ ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने, हाल उपयोगमा नरहेका स्वास्थ्य सामग्रीलाई उपयोगमा ल्याउने, सम्भावित संक्रमणलाई दृष्टिगत गरी पर्याप्त भेन्टिलेटरको व्यवस्था गर्ने, संघ, प्रदेशका माननीयलाई आफूले प्रतिनिधित्व गरेको निर्वाचन क्षेत्रमा कोभिड– १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी दिन पनि सुझाव दिएका छन् ।

राजनीतिक दलका नेताहरूले संक्रमित व्यक्तिलाई सेवा दिने एम्बुलेन्स चालकलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने, सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति वृद्धि गर्दै सक्रिय बनाउनुपर्ने, कालोबजारीलाई कडाइका साथ रोक्नुपर्ने, क्वारेन्टाइनमा राखिएकालाई आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् ।

राजनीतिक दलका नेताहरूले दिएको सुझाव नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल हुने र प्राथमिकताका आधारमा मन्त्रिपरिषदमा प्रस्ताव लगिनेछ ।

मन्त्री तुम्बाहाङ्फेले नेकपा मुख्य सचेतक देव गुरुङ, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्णसहित नेमकिपाका सांसद प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलबाट सुझाव लिएकी हुन् ।

Previous Post

सांसद विकास कोषको पैसा कोरोना कोषमा हालौं

Next Post

अब डेटा र एसएमएस सेवा पनि लोनमा

ऐनापाटी

ऐनापाटी

Next Post
अब डेटा र एसएमएस सेवा पनि लोनमा

अब डेटा र एसएमएस सेवा पनि लोनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

५ माघ २०७९, बिहीबार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

१ माघ २०७९, आईतवार
विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

१ माघ २०७९, आईतवार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

१ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक : धन बहादुर लिम्वु

ठेगाना : ललितपुर म. न. पा. -२५, भैसेँपाटी

ईमेल : ainapatitv@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                             

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.