काठमाडौं । जनता समाजवादी पार्टीले नागरिकता विधेयकमा विभेदकारी व्यवस्था कायम गरिएको भन्दै खारेजीको माग गर्दै सडक संघर्ष थालेको छ । माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो । नागरिकता विधेयकमा छोरा र छोरीबीच विभेद गरिएको उनीहरुको धारणा छ ।
विदेशबाट बिहे गरेर नेपाल ल्याएकी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिने तर नेपाली युवतीसँग विहे गरेर नेपालमै बस्न चाहने युवकको लागि व्यवस्था नभएको भन्दै विरोध प्रदर्शन गरिएको छ । जुलुसमा लैंगिक समानता कायम हुनुपर्ने माग गरिएको थियो ।
जनता समाजवादी पार्टी, कांग्रेसलगायतले यसअघिकै व्यवस्था कायम गर्नुपर्ने माग गरेका छन् ।