काठमाडौं । कोभिड–१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भइरहेको दूरव्यवाहारप्रति नेपाल तरुण दलले आपत्ति जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन तरुण दलले सरकारसँग माग गरेको छ ।
सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउन पनि सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरसको महामारीमा समाजको अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले उच्च सम्मान पनि प्रकट गरेको छ ।