काठमाडौं ।अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाको राजिनामा स्वीकृत भए संगै उनले सम्हाल्दै आएका दुवै मन्त्रालय अब प्रधानमन्त्री ओलीले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।