चर्चित पब्लिक स्पिकर तथा पत्रकार रमेश प्रसाईको स्वरमा पहिलो मगही भाषाको गीत ”किसान माई” को रेकर्ड सम्पन्न भएको छ ।
गायक तथा संगीतकार झोटन मेहताको शब्द संगीत रहेको मगही भाषाको गीत ”किसान माई” बानेश्वरमा रहेको द पिक स्टुडियोमा रेकर्ड सम्पन्न भएको हो ।
मगही भाषामा रचिएको गीतमा राष्ट्रभाबले रचिएको गीतमा चर्चित पब्लिक स्पिकर तथा पत्रकार प्रसाईसंगै गायिका रस्मी राईले आवाज दिएकी छिन । गायिका राईले यो भन्दा अघि पनि विभिन्न भाषा-भाषीको गीत गाइसकेकी छिन भने प्रसाईको भने यो पहिलो गीत हो ।
पहिलो पटक गीत गाउदै गर्दा यो गीतबाट पनि सबैको मन जित्ने विश्वास लिएको प्रसाईको भनाइ छ । “तराईमा ”मगही” भाषाको गीतले एक किसिमको तरंग ल्याउने छ र म माथि तराई प्रति गरिएको टिकाटिप्पणीको पनि अन्त्य हुनेमा आफु ढुक्क रहेको प्रसाईले बताए ।
गायक तथा संगीतकार मेहताले गीतलाई छिट्टै बजारमा ल्याउने तयारी भइरहेको बताउनुभयो । गीतमा पब्लिक स्पिकर तथा पत्रकार प्रसाईलाई समाबेश गर्न पाउदा आफु खुशी रहेको उनी बताउछन । जनताको सेवामा २४ घण्टा खटी रहदा बचेको समय गीत संगीतमा लगाएको र आफुले गरेको कामले श्रोता दर्शकको माया पाउनेमा आफु बिश्वस्त रहेको उनको भनाइ छ । यस भन्दा अघि पनि राष्ट्र सेवक तथा गायक संगीतकार झोटन मेहताको दर्जनौ राष्ट्रिय गीतहरुले श्रोता दर्शकको मन जित्न सफल भैसकेका छन् ।
राष्ट्रिय गीत ”अपन स्वर्ग नेपाल” मा चर्चित हास्यकलाकार फुलेन्देकी आमा (उमेश राई ) र काउली बुढी (सन्ध्या जोशी) को अभिनय रहेको थियो भने यता राष्ट्र सेवक तथा गायक, संगीतकार मेहताले यस भन्दा अघि दर्जनौ राष्ट्रिय गीतहरुले श्रोता दर्शकको मन जित्न सफल भैसकेका छन् ।