भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य मध्ये एक जसवन्त सिंहको ८२ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसवन्त सिंह भारतका पूर्व केन्द्रीय मन्त्री समेत हुन् ।
राजस्थानको बाडमेरका जसवन्तले अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका पूर्व मेजर पनि हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । ट्वीट मार्फत उनले श्रद्धाञ्जली अर्पण गर्दै सिंहले पूरै लगनका साथ देशको सेवा गरेको बताएका छन् ।
सन् २०१४ मा घरकै बाथरुममा लडेपछि जसवन्त सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसयता उनी कोमामा थिए।