काठमाडौं । दशैं नजिकिएसँगै शहरबाट गाउँ जानेको संख्या बढेको छ। दशैं तिहार नजिकिदै गर्दा पछिल्लो समय कोरोना संक्रमणका घटना पनि लगातार वृद्धि भइरहेको छ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यही स्थानमा रहेर दशैं मनाउन आग्रह गरेको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण बढिरहेकाले दशैंका लागि आवतजावत नगर्न अपील गरेका हुन। मन्त्रालयले कोभिडको संक्रमण तीब्र गतिमा बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो।
प्रवक्ता डा. गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गरे।
उनले स्वास्थ्य मापदण्डमा कडाई गर्दै जरिवाना गर्नेगरी प्रस्ताव गरिएको जानकारीसमेत दिए।