काठमाडौं । अनशनरत प्रा. डा. गोविन्द केसीको जीवनरक्षा गर्न जनजागरण पार्टी नेपालका अध्यक्ष डा. वि.पी. खनालले आग्रह गरेका छन् ।
खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवनरक्षा गर्न ध्यानाकर्षण गराएका हुन् । मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन् ।
१९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज छन् । आज मात्रै उनलाई श्वास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ ।