काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
दिउँसो बस्न लागेको प्रतिनिधि सभा बैठकमा आज विभिन्न तीनवटा शिर्षकका कार्यक्रहरु प्रस्तुत हुँदैछन्।
दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सुरुको कार्यक्रम संसद सदस्यहरुबाट स्वीकृतिका अनुमपस्थितिको सूचना प्रस्तुत गर्ने रहेको छ ।
दोस्रोमा प्रधानमन्त्री केपी शार्मा ओलीले “लोक सेवा आयोगको एकसठ्ठीऔं वार्षिक प्रतिवेदन २०७७” र “राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन” पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै तेस्रोमा सभामुखलले संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।