नहरी । राक्सिराङ गाउँपालिकाको वडा नं ३ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गाउँपालिका को स्वास्थ्य कर्मीले एन्टीजिन बिधिमार्फत परिक्षण गर्ने क्रममा राक्सिराङ ३ को लावती क्षेत्रमा कोरोना फैलिएको पाइएको हो । सो क्षेत्रमा ज्वरो, रुघाखोकी र टाउको दुख्ने बिरामी देखिएपछि परिक्षण गरिएको हो । ३६ जनाको परिक्षण गर्दा २० जनामा पोजिटिभ पाइएको गाउपालिकाका स्वास्थ्य संयोजक बिजय कापरीले जानकारी दिनुभयो ।
संक्रमित सबैजना होम आइसोलेसनमै रहेका छन । गाउपालिकामा पछिल्लो समय कोरोना संक्रमण दर उच्च बनेको छ । यसअघि ४ नम्बर र ६ नम्बर वडामा पनि गाउँमा अधिकांश संक्रमित फेला परेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।