काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ।
यसअघि आफूलाई पार्टीले सांसदबाट हटाएपछि थापा न्यायका लागि अदालत पुगेका थिए।
अदालतले थापालाई सांसद पदमा पुर्नबहाली गर्न अन्तरिम आदेश दिएको थियो। तर, आज फेरि सर्वोच्च अदालतले थापाको रिटमा जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।