शुक्रवार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको छ ।
ब्राजिलको तर्फबाट खेलाडीहरू एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोलको योगदान गरेका छन ।
एलेक्सले खेलको १२ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ६८ औँ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।
यस जितसँगै समूह बी मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।