दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन आएको हो ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ ।
जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी सधानको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पु¥याइएको छ । यस अघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।