चितवन । नारायणगढ मुग्लिन सडकखण्ड को ठाँउठाँउमा पहिरो झरेको छ । बिहिबार रातिदेखि परेको अबिरल बर्षाका कारण राति ३ वजेदेखि नै बिभिन्न ठाउँमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो पुर्ण रुपमा नहटाएसम्म सवारीसाधन आवतजावत अबरुद्ध छ । निरन्तर वर्षा भइरहेकाले जोखिमयुक्त यात्रा नगर्न सर्वसाधारण लाई आग्रह गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।