काठमाडौँ – एमाले अध्यक्ष तथा हालै प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
ओलीले दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले संसद विघटन रद्द गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएसँगै ओली मंगलबार बिदा हुँदै छन् ।
बिदा हुनुअघि ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।