राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
राष्ट्रपतिले नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख नभएपछि विवादीत बन्नुपरेको थियो। देउवाले पनि संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने अडान लिएका थिए।
६ बजे बोलाइएको शपथ ग्रहण पनि त्यही अन्योलका कारण दुई घन्टा ढिला सुरु भएको थियो। प्रधानमन्त्रीले पत्र सच्याएपछि देउवाले नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन भएका थिए।