श्रीलंका क्रिकेट बोर्डले राष्ट्रिय टोलीका तीन खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ। गत जुनमा इंग्ल्यान्ड भ्रमण दौरान कोरोना भाइरसको प्रोटोकल उल्लंघन गरेको कारण उनीहरुलाई प्रतिबन्ध गरिएको हो।
बोर्डले उपकप्तान कुशल मेन्डिस, ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको हो।