ओलीलाई भेट्न एमसीसीको टोली बालकोट पुगेको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको हो ।
महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता थालेको हो। सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका छन्।