काठमाडौं । सभामुख अग्नि सापकोटाले नेकपा एमालेका सांसदहरुलाई संसद् बैठकमा अवरोध नगर्न आग्रह गरेका छन्।
आइतबारको बैठक सुरु भएपछि एमाले सांसदहरुले नारावाजी र अवरोध जारी राखेपछि सभामुखले संवाद गरेर समस्याको हल खोज्न आग्रह गरेका हुन।
अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न उनले आग्रह गरेका हुन्।
तर नेकपा एमालेले सभामुखले भूमिकामाथि प्रश्न उठाँउदैवेल घेराउ गरेको छ।