प्रतिनिधिसभाको बैठक भदौ २९ गते बस्ने गरी स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरी बैठक अवरुद्ध गरेपछि स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनको सहजताका लागि सांसदहरुलाई पटक पटक आग्रह गर्दापनि नाराबाजी जारी रहेको थियो ।
आइतबार दुईपटक बैठक बसेपनि एमालेको अवरोध जारी नै रह्यो । संसदको पहिलो बैठकको सुरुबाट नै नाराबाजी भएपनि सभामुख सापकोटाले १५ मिनेका लागि स्थागि गर्दै एमाले सांसदहरुसँग छलफल थालेका थिए। तर सहमति जुट्न सकेको थिएन् ।