काठमाडौं । गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।
गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको संविधान दिवसको अवसर पारेर कैद मिनाहका लागि र ७ जनालाई आम माफी दिन गृहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस समेत गरेको छ।